‘मेरी कुसुम’ गीत सार्वजनिक [भिडियो]

‘मेरी कुसुम’ गीत सार्वजनिक [भिडियो]

द सिनेमा टाइम्स
0
Shares

जेष्ठ अन्तिम साताबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरी कुसुम’ ट्रेलर सार्वजनिक भएसँगै चर्चामा छ । रुद्राक्ष फिल्मस्को प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई एन.आर घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा समावेश ‘भुल्न तिमीलाई सकिन’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार मोहन बोगटी र हर्षिका श्रेष्ठलाई फिचरिङ गरिएको छ । आफूले माया गरेको मान्छेबाट टाढा बस्नुपर्दाको पीडा यो गीतमा देखाइएको छ । यो गीतमा टंक बुढाथोकीले नै संगीत, स्वर तथा शब्द भरेका छन् । सुनिता शर्मा बोगटी निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता रुद्र खनाल हुन् ।एक्सन र लभ स्टोरी कथामा बनेको यो चलचित्रको प्रदर्शन नेपाल अगाडि विभिन्न मुलुकमा गरिनेछ । नेपालमा जेठ २५ गतेबाट रिलिज हुने यो चलचित्रको दुबइ प्रदर्शन भने मे ५ मा हुने कलाकार मोहन बोगटीले जानकारी दिएका छन् । उनका अनुसार, दुबइमा चलचित्रको क्रेज निकै राम्रो छ । मे ५ मा दुबइभर चलचित्र रिलिज हुनेछ । मोहन अहिले दुबइमा बसेर व्यवसाय गर्दै आएका छन् ।चलचित्रमा दिव्यराज सुवेदीको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, प्रितम पाण्डेको सम्पादन, सम्राट बस्नेतको एक्सन छ ।