कंगना ‘मेन्टल हे क्या’ ?

कंगना ‘मेन्टल हे क्या’ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडमा अभिनय क्षमता मार्फत आफुलाई प्रमाणित गरिसकेका कलाकार हुन् कंगना रनाउत र राजकुमार राव । यी दुईलाई पछिल्लो समय अभिनयको किरा पनि भन्न थालिएको छ ।

२०१३ मा रिलिज भएको ‘क्विन’मा यी अभिनयका राजारानीलाई सँगै देख्न पाईएको थियो । सिनेमा बक्सअफिसमा सुपरहिट भयो । अब पुन: यो सुपरहिट जोडीलाई नयाँ सिनेमामा देख्न पाइने भएको छ ।

एकता कपूरले निर्माण गर्ने सिनेमा पहिलेदेखि नै चर्चामा थियो । मंगलबार सिनेमाको नामसहितको नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले यसको अफिसियल घोषणा गरेको छ ।  प्रकाश कोवेलामुडीले निर्देशन गर्ने सिनेमाको नाम ‘मेन्टल हे क्या’ जुराईएको छ ।

 

मंगलबार कंगना र राजकुमारले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट आ-आफ्नो पोस्टर सार्वजनिक गरेका छन् । जहाँ दुवै कलाकारलाई भिन्न अवतारमा प्रस्तुत गरिएको छ । कंगना ‘डेड बडी मार्क’ भित्र उत्तानो परेर सुतेकी छन् । सिल्भर ‘मोनिकिनी’मा सेक्सी देखिएकी कंगना ‘डेड बडी मार्क’मा सुत्दा खुसि देखिन्छिन । त्यस्तै राजकुमारको अनुहार सेतो ‘टेप’ले बेरिएको छ ।

यस साइकोलोजिकल थ्रिलरको छायाँकन मार्चबाट सुरु हुनेछ । अहिले कंगना ‘मनिकर्निका’ र राजकुमार ‘एक लड्कीको देखा तो ऐसा लगा’मा व्यस्त छन् । सिनेमाको रिलिज डेट भने तय भैसकेको छैन ।