‘मेला’ रोमान्टिक गीत रिलिज [भिडियो]

‘मेला’ रोमान्टिक गीत रिलिज [भिडियो]

द सिनेमा टाइम्स
0
Shares

चलचित्र ‘मेला’ गीतसंगीतका कारण चर्चामा छ । ‘परिचय बोलको लोक लयको गीतदेखि पार्टी गीतलाई दर्शकले रुचाइसकेको अवस्था हो ।चलचित्रको ट्रेलरले पनि युटुबमा राम्रै दर्शक बटुलेको छ । अब, यो चलचित्रको अर्को एक रोमान्टिक गीतको भिडियो रिलिज गरिएको छ ।कात्तिक २४ गतेबाट रिलिज हुने चलचित्रको ‘यो मुटुमा अब तिम्रै’ बोलको गीतको भिडियो रिलिज गरिएको हो । चलचित्रको यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, पुरुषोत्तम सुवेदी र स्वेच्छा ठकुरीको स्वर छ ।चलचित्रको यो गीतको भिडियोमा नायक आमेष भण्डारी र नायिका अशिष्मा नकर्मीलाई फिचरिङ गरिएको छ । यो गीतको भिडियोमा मा दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी छ ।चलचित्रमा नायक सलोन बस्नेतको पनि मुख्य भूमिका छ । सलोनको कमेडी पाटोले दर्शकलाई हसा“उने निर्माणपक्षको विश्वास छ । तिन साथी, उनीहरुको मित्रता, करिअरको उतारचढाव र विछोडको कथालाई चलचित्रले प्रस्तुत गरेको छ । मनोज के मरोडियाको लगानी रहेको चलचित्रका प्रस्तुतकर्ता हरि पन्त हुन् । बसन्त निरौलाले यो चलचित्रको निर्देशन गरेका हुन् ।चलचित्रको यो गीतको शब्द, संगीत उत्कृष्ट छ । यसले दर्शकको मन जित्न सक्ने विश्वास संगीतकार अर्जुन पोखरेलले लिएका छन् ।