मरिष्का र देवको ‘माया तिमीलाई’ सार्वजनिक

मरिष्का र देवको ‘माया तिमीलाई’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ – मुभिङ पिक्चर्स प्रालिको व्यानरमा निर्माण भएको सिनेमा ‘साली कस्को भेनाको’मा समावेश लभ सङ्ग ‘माया तिमिलाई’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मरिष्का पोखरेल र नव – नायक देव सागरलाई फिचर्ड गरिएको छ ।पुराना निर्माता प्रसाद श्रेष्ठको प्रस्तुतीमा निर्माण भएको सिनेमालाई भद्र भुजेलले निर्देशन गरेका हुन् । सिनेमालाई राम प्रसाद श्रेष्ठ, सुशिल गोपाल न्याछ्यो, काजीमान श्रेष्ठ, कमला भट्टराई मुक्ति अधिकारीले मिलेर निर्माण गरेका हुन् ।

सिनेमामा पुष्प आचार्यको कथा, प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत, दीर्घ गुरुङको छायांकन, रबि प्रकाशको द्धन्द्व बसन्त श्रेष्ठ, गम्भिर बिष्ट र सुमित लामाको कारियोग्राफर, बनिष शाहको सम्पादन रहेको छ ।सिनेमामा विल्सन विक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिष्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, रबि गिरी, वीरेन श्रेष्ठ, प्रिया रिजाल, पुष्प आचार्य, देव सागर, बलबहादुर गुरुङ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।