मनिषाको जन्मदिन पार्टीमा पुगे बलिउडका हस्तीहरु (फोटो सहित)

मनिषाको जन्मदिन पार्टीमा पुगे बलिउडका हस्तीहरु (फोटो सहित)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – एक समय बलिउड सिनेमामा एक छत्र राज गर्न सफल नेपाली मुलकी बलिउड नायिका मनिषा कोइरालाले बिहिबार आफ्नो ४८ औँ जन्मदिन मनाएकी छन् । मुम्बई स्थीत ५ तारे होटलमा आयोजना गरेको जन्मदिनको पार्टीमा उनले आफ्ना नजिक साथीहरुलाई निम्ता गरेकी थिइन ।जन्मोत्सवमा उनका बुवा, आमा तथा सिनेमावृत्तका व्यक्तिहरुको उपस्थिति रहेको थियो । मनिषा कोइरालाको जन्मदिन पार्टीमा बलिवुड सदाबहार अभिनेत्री रेखा, अभिनेता शाहरुख खान, निर्माता निर्देशक संजय लिला भंशाली, अभिनेता गुलशन ग्रोवर, अभिनेता संजय दत्त, उनकी पत्नी मान्यता दत्त, अभिनेता चंकी पाण्डे, अभिनेता गोबिन्दा उनकी श्रीमती सुनिता आहुजा, छोरी टिना र छोरा लगायतको उपस्थिति थियो ।मनिषा कोइरालाले केहि समय अघि नेपाल आएर आफ्ना बुवा र आमालाइ आफ्नो जन्मदिन मनाउन मुम्बई लिएर गएकी हुन् । उक्त अवसरमा उपस्थित सबैले उनलाई जन्मदिनको शुभकामना दिदै प्रगतिको कामना गरे ।