कंगना रनावत स्टारर ‘मणिकर्निका’ टिजर रिलिज

कंगना रनावत स्टारर ‘मणिकर्निका’ टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – छायांकनको अन्तिम चरणमा निर्देशक राधा कृष्ण र अभिनेता सोनु सुदले हात झिके पश्चात निकै विवादिन बनेको सिनेमा ‘मणिकर्निका’को टिजर सार्वजनिक गरिएको छ । सिनेमामा झासीकी रानी र अंग्रेजको लडाईमो कथामा तयार पारिएको छ । सिनेमाको कथा ‘बाहुबली’ सिरिज र ‘भाग मिल्खा भाग’ लेखक भी. भीएएन्द्र प्रसादले लेखेका हुन् ।

राधा कृष्णले निर्देशन गरेको सिनेमामा अभिनेत्री कंगना रनावतको मुख्य भुमिका रहेको छ । सिनेमामा समावेश कंगनाको गेटअप र अभिनयले एकपटक फेरी दर्शकको मन जित्ने पक्का छ । जी स्टूडियो र कमल जैनको निर्माणमा तयार भएको यो सिनेमामा युद्धको कथा देखाइएको छ । सिनेमा सन् २०१९ को जनवरी २५ बाट रिलिज हुँदैछ ।