मंगलम: ‘पर्ख पर्ख…’ गीत रिलिज (भिडियो)

मंगलम: ‘पर्ख पर्ख…’ गीत रिलिज (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । असोज ११ गते रिलिज हुने सिनेमा ‘मंगलम’को पहिलो गीत सार्वजनिक गरिएको छ । दीपक शर्माको शब्द/संगीतमा तयार भएको ‘पर्ख पर्ख…’ बोलको गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर छ ।

लोक लयमा तयार भएको गीतमा पुष्पल खड्का र शिल्पा पोखरेलले कम्मर मर्काएका छन् । निक्कै कोरस प्रयोग गरिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतलाई विष्णु ‘कल्पित’ घिमिरेले खिचेका हुन् ।

छविराज प्रोडक्सन र गुण सिनेमाको व्यानरमा निर्मित ‘मंगलम’का कार्यकारी निर्माता छविराज ओझा हुन् भने सिनेमामा पहिलो पटक शिल्पा पोखरेलले लगानी गरेकी छन् । नवल नेपालले निर्देशन गरेको सिनेमामा पुष्पल खड्का, शिल्पा पोखरेल, पृथ्वीराज प्रशाई लगायतका कलाकारको अभिनय छ । सिनेमामा साम्राज्ञी अतिथि भूमिकामा छन् ।