शिल्पा र पृथ्वीराजको ‘बम्पर उपहार’ !

शिल्पा र पृथ्वीराजको ‘बम्पर उपहार’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेल निर्माता रहेको सिनेमा ‘मङ्गलम’को नयाँ गीत सार्वजनिक गरिएको छ । माघेसंक्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको गीतमा शिल्पा र पृथ्वीराज प्रसाई प्रस्तुत भएका छन् ।

प्रमोद खरेलको स्वर दिएको ‘बम्पर उपहार…’ बोलको गीतमा दीपक शर्माको संगीत र लेखु सहयात्रीको शब्द सिर्जना छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

यसअघि सार्वजनिक गरिएको ‘पर्ख पर्ख मायालु…’ बोलको गीत युट्युबमा हिट भैसकेको छ । ४ महिना अगाडी सार्वजनिक भएको उक्त गीतले ६० लाख बढी भ्युज बटुलिसकेको छ ।

नवल नेपालले निर्देशन गरेको सिनेमामा पुष्पल खड्का, शिल्पा पोखरेल, पृथ्वीराज प्रशाई लगायतका कलाकारको अभिनय छ । सिनेमामा साम्राज्ञी अतिथि भूमिकामा छन् । ‘मङ्गलम’बाट अभिनेत्री शिल्पा पोखरेल निर्मात्रीको रुपमा डेब्यु गर्दैछिन् ।

यसअघि फागुन ४ मा रिलिज हुने भनिएको ‘मङ्गलम’ पोस्टपोन्ड भएको थियो । सिनेमाले फागुन २५ लाई नयाँ रिलिज मिति छनोट गरेको छ ।