दशैँमा ‘मङ्गलम’, यस्तो छ फस्टलूक

दशैँमा ‘मङ्गलम’, यस्तो छ फस्टलूक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । भेट्रान निर्माता छविराज ओझाले निर्माण गरेको सिनेमा ‘मङ्गलम’ले रिलिज डेट पक्का गरेको छ । अब सिनेमा दशैंको अवसर पारेर असोज ११ गते रिलिज हुनेछ ।

पोस्ट प्रोडक्सनमा रहेको सिनेमा पहिले देखि नै असोज ११ मा आउने हल्ला थियो । तर, ‘मङ्गलम’को मंगलबार अफिसियल रिलिज डेट फाईनल गर्दै प्रचार थालिएको छ । यो सिनेमालाई राजधानीमा गोपाल कायस्थ र मोफसलमा एफडीले वितरण गर्नेछ ।

नवल नेपालले निर्देशन गरेको सिनेमाको फस्टलूक पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा ‘मङ्गलम’का मुख्य कलाकार फिचरिङ फ्रेमलाई साम्राज्ञी राज्यलक्ष्मी शाहले समातेकी छन् । सिनेमामा पुष्पल खड्का, शिल्पा पोखरेल, पृथ्वीराज प्रशाई लगायतका कलाकारको अभिनय छ । सिनेमामा साम्राज्ञी अतिथि भूमिकामा छन् । ‘मङ्गलम’बाट अभिनेत्री शिल्पा पोखरेल निर्मात्रीको रुपमा डेब्यु गर्दैछिन् ।