‘मंगलम’लाई दर्शकको साथ र माया

‘मंगलम’लाई दर्शकको साथ र माया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘मंगलम’लाई दर्शकको साथ र माया प्राप्त भएको छ । पहिलो दिन देशभर ५० प्रतिशत अकुपेन्सी महसुस गरेको सिनेमाले दोस्रो दिन देशभरका सिंगल स्क्रिनका लगभग शतप्रतिशत अकुपेन्सी कायम गर्यो । आइतबार पनि सिनेमाको व्यापार राम्रो रहेको रिपोर्ट प्राप्त भएको छ ।

नवल नेपाल निर्देशित सिनेमालाई दर्शकले राम्रो पनि भनिरहेका छन् । शनिबार गोपीकृष्ण, अष्टनारायणजस्ता हलमा सिनेमा हेरेर निस्कने दर्शक आखाँभरि आशु देख्न सकिन्थ्यो । निर्माण पक्षले आइतबार राजधानीमा प्रेस शो पनि राखेको थियो । जहाँ अभिनेत्री रेखा थापा प्रमुख अतिथि बनेर सिनेमा हेर्न पुगिन । सिनेमा हेरे पश्चात रेखाले निर्देशक नवल नेपाल र निर्माता छविराज ओझा, कलाकार पुष्पल खड्का, मिथिला शर्मा, शिल्पा पोखरेल र निर शाहको तारिफ गरिन । उनले सिनेमालाई उत्कृष्ट भनिन ।

त्यस्तै प्रेस शोमा उपस्थित पत्रकारहरुले पनि राम्रो सिनेमा हेर्न पाएको प्रतिक्रिया दिए । प्रेसले विशेष गरि निर्देशकको काम, कथा र कलाकारको अभिनयलाई रुचाए ।

शिल्पा पोखरेलले पहिलो पटक लगानी गरेको सिनेमामा साम्राज्ञी राज्य लक्ष्मी शाहको विशेष भूमिका छ । सिनेमामा पृथ्वीराज प्रशांईको पनि मुख्य भूमिका छ ।