राजधानी बाहिर ‘मेरो पैसा खोई ?’

राजधानी बाहिर ‘मेरो पैसा खोई ?’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ असोज ११ मा राजधानीका केहि हलमा प्रदर्शन भएको सिनेमा ‘मेरो पैसा खोई ?’ यो शुक्रबारबाट राजधानी बाहिर प्रदर्शनमा आएको छ ।

रोज राणाको निर्माण निर्देशन रहेको सिनेमाले प्रदर्शन अगाडी गरिएको ‘स्पेसल शो’बाट राम्रो प्रतिक्रिया पाएको थियो । कमेडी जनाराको यस सिनेमा उचित प्रचार-प्रसार बिनानै प्रदर्शनमा आएको थियो ।

सिनेमामा सौगात मल्ल, रबिन तामांग , छुल्ठिम गुरुगं, बुद्धि तामांग, बर्षा राउत लगायत कलाकारहरुको अभिनय छ । प्रतिक्षित सिनेमा ‘छक्का पन्जा २’का कारण ‘मेरो पैसा खोई ?’को हल संख्या निक्कै खुम्चिएका छन् ।