बाल बिवाहको कथा मालिका ट्रेलर रिलिज

बाल बिवाहको कथा मालिका ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – अभिनेत्री रेखा थापाले निर्माण तथा निर्देशन गरेको सिनेमा ‘मालिका’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरि सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । समाजमा ब्याप्त बाल बिवाहको कथामा निर्माण भएको सिनेमाको ट्रेलर मुख्य दुई पात्र रेखा थापा र कमला वलीको वरिपरि घुमेको छ ।

रेखा फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमा ‘मालिका’को कथा नरबहादुर कार्कीले तयार पारेका हुन् । यो सिनेमामा रेखा थापाकी आमा सरस्वती थापा र नरबहादुर कार्कीले मिलेर निर्माण गरेका हुन् । सुरेश अधिकारी एस डी योगीको संगीत रहेको सिनेमाका गीत निर्माता तथा कथा लेखक नरबहादुर कार्कीले तयार पारेका हुन् । भने उक्त गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । मालिकालाई बनिश शाहले सम्पादन गरेका हुन् ।

तिहारको अवसरमा कार्तीक २१ गतेबाट अल नेपाल रिलिज डेट तोकिएको सिनेमा ‘मालिका’ अब एक साता अघि सरेको छ । यो डेटमा बलिउडको बिग व्यानर यशराज फिल्मस्को ‘ठग्स अफ हिन्दोस्तान’ रिलिज हुने भएपछि ‘मालिका’को रिलिज डेट एक साता अघि सारिएको हो । मालिका अब कार्तिक १६ गतेबाट अल नेपाल रिलिज हुने छ । यो डेटमा पहिले नै माधव वाग्लेको निर्माण तथा दिपेन्द्र के खनालले निर्देशन रहेको सिनेमा ‘चङ्गा चेट’तय थियो जसका दुई गीत रिलिज सम्म भैसकेका छन् । अब मालिका सँग जुध्ने भएको छ ।