‘हल्का माया के माया, गाढा लगाउने’ ‘मालिका’ गीत रिलिज

‘हल्का माया के माया, गाढा लगाउने’ ‘मालिका’ गीत रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौँ – नायिका रेखा थापाले निर्माण तथा निर्देशन गरेको सिनेमा ‘मालिका’को पहिलो गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सिनेमाका मुख्य पात्र नायिका रेखा थापा र कमला वलीलाई फिचर्ड गरिएको छ । ‘हल्का माया के माया, गाढा लगाउने’ बोलको गीतलाई जाजरकोट दरबारमा छायांकन गरिएको छ, भने यो गीतमा रामजी लामिछानेको उत्कृष्ट कोरियोग्राफी रहेको छ ।

काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा निर्माता नर बहादुर कार्कीले कर्णालीको जाजरकोटमा छायाँकन गरिएको ‘मालिका’मा देशलाई जोड्ने प्रयास गरेको बताए । यो गीतमा नायिकाको कुनै युवकसँग प्रेम नभएर देशसँग प्रेम रहेको भन्दै रेखा थापा नायिका मात्रै नभएर देश प्रेमी रहेको उनको भनाई  थियो ।।

‘मालिका’को कथा लेखनका साथै गीतको शब्द स्वयम कार्की आफैले लेखेका हुन् । सुरेश अधिकारीको संगीत रहेको गीतमा अञ्जु पन्तको स्वर समावेश गरिएको छ ।

रेखा थापाको अभिनय रहेको सिनेमाबाट जाजरकोटकी चौध वर्षिया कमला वलीले नेपाली सिनेमामा डेव्यु गर्दै छिन् । कार्तिक २१ गते लक्ष्मी पूजाको दिनबाट अलनेपाल रिलिज हुने सिनेमालाई बनिष शाहले सम्पादन गरेका हुन् ।