एक महिनामै ‘मालिका’ प्याकअप

एक महिनामै ‘मालिका’ प्याकअप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – २९ दिनमै अभिनेत्री रेखा थापाले सिनेमा ‘मालिका’को छायाँकन सकेकी छन् । टिमको सक्रियता र मौसमले साथ दिँदा सिनेमाको छायाँकन सेड्युल भन्दा अगाडीनै सकिएको यस सिनेमाकी निर्देशक रेखाले बताइन ।

उनले भनिन् ‘सोमबार सुटिङ सकेर काठमाडौँ फर्कदै छौँ ।’ सिनेमाको छायाँकन काठमाडौँ, बनेपा, बाँके र जाजरकोटमा भएको थियो । जाजरकोटमा नेपाली सिनेमा छायाँकन भएको यो नै पहिलो पटक हो । सिनेमाका सार्वजनिक तस्विरहरु हेर्दा रेखाले जाजरकोटको परम्परा, संस्कृतिलाई पनि झल्काउने कोसिस गरेकी छन् ।
रेखाको निर्देशनसँगै अभिनय र निर्माण पनि रहेको सिनेमामा जाजरकोटी चेली कमला ओलीको पनि मुख्य भूमिका छ । नरबहादुर कार्की निर्माता रहेको सिनेमामा कथा पनि उनकै छ ।

सरस्वती थापा र तारा थापा निर्माता रहेको सिनेमाले बालविवाह अन्त्य र महिलासशक्तीकरणको विषय उठाएको छ । सिनेमा तीहारको उपलक्ष्य पारी लक्ष्मीपूजामा रिलिज हुँदैछ ।

‘मालिका’मा शिवम अधिकारीको स्क्रिप्ट, रामशरण उप्रेतीको छायाँकन, सुरेश अधिकारीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन रहेको छ ।