यूएनएफपिए नेपालले गर्यो प्रदर्शनरत सिनेमा ‘मालिका’को प्रशंसा !

यूएनएफपिए नेपालले गर्यो प्रदर्शनरत सिनेमा ‘मालिका’को प्रशंसा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारदेखि प्रर्दशनमा आएको सिनेमा ‘मालिका’ले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलिरहेको अवस्थामा नेपालका लागी संयुक्त राष्ट्र संघको जनसख्या कोष (यूएनएफपिए, नेपाल)ले प्रदर्शनरत सिनेमा मालिकाको प्रशंसा गरेको छ । यूएनएफपिए नेपालले आफ्नो आधिकारिक ट्विटर मार्फत रेखा थापा अभिनीत तथा निर्देशीत सिनेमाको प्रशंसा गरेको हो ।

ट्विटमा यूएनएफपिएले ‘मालिका’ले ‘लैङ्गिक विभेदको उजागर गर्दै कसरी लैगिंकतामा आधारित हिंसाले नेपाली समाजलाई विभिन्न तरिकाले प्रभावित पारेको’ उल्लेख गरेको छ । यो सिनेमाले दर्शकबाट राम्रो साथ पाइरेहेको छ । निर्माता तथा निर्देशक रेखा थापाले राम्रो व्यापार गरेको बताएकी छन् ।

रेखा थापाले निमार्ण तथा निर्देशन गरेको सिनेमामा उनकै शिर्ष भुमिका रहेको छ । ‘मालिका’मा रेखा थापाका अलवा जाजरकोटकी १५ वर्षिय कमला ओलीको समेत मुख्य भुमिाका रहेको छ ।