रेखा थापा भन्छिन्-‘मालिकालाई दर्शकले आफ्नो सिनेमा भनेर हेरेका छन’ !

रेखा थापा भन्छिन्-‘मालिकालाई दर्शकले आफ्नो सिनेमा भनेर हेरेका छन’ !

द सिनेमा टाइम्स
0
Shares

द सिनमा टाइम्स, काठमाडौं – अभिनेत्री रेखा थापाको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘मालिका’ शुक्रबारदेखि प्रदर्शन आएको छ । सिनेमालाई दर्शकले रुचाएको प्रतिक्रिया अभिनेत्री तथा निर्देशक रेखा थापाले बताइन् । मालिकाले शुक्रबार र शनिबार दर्शकको उत्कृष्ट प्रतिक्रियासँगै सुखद व्यापार गरेको उनको भनाई रहेको छ ।

बालविवाह, बलत्कार लगायतका घरेलु हिंसा जस्ता समय सान्दर्भिक विषय वस्तु उठाएको हुँनाले ‘मालिका’ दर्शकको नजरमा परेको निर्माण युनिटको भनाई छ । अभिनेत्री रेखा थापाका अनुसार पछिल्लो समय कमेडी सिनेमा दर्शकले मनपराई रहेको समयमा आफ्नो सिनेमालाई कसरी लिने हुन भन्ने पिर थियो तर दर्शकले दिएको साथ र मायाले आफुलाई खुशी बनाएको उनको भनाई छ । मैले सोचेको थिए दर्शकले गम्भिर विषय वस्तु नै बिर्सिसके तय होइन रहेछ । ‘मालिका’ हेर्न सोचेको भन्दा धेरै दर्शक आएको निर्माण टिमले जनाएको छ ।

उनले थप्दै भनिन ‘मेरो टार्गेट भनेको लक्ष्मिपुजादेखि हो । अहिलेको कमाइलाई मैंले बोनसको रुपमा लिएको छु। मैंले मालिकालाई व्यापारिक हिसाबले लिएको छैन । दर्शकले यो मेरो सिनेमा भन्नु नै ठुलो उपलब्धि हो । उहाँहरुले रेखा थापाको सिनेमा भन्दा पनि मेरो कथामा बनेको सिनेमा भनेर हेरिदिनु भएको छ ।’

‘मालिका’ मा रेखासँगै जाजरकोटकी कमला वलीको पनि मुख्य भुमिका रहेको छ । सरस्वती थापाको निर्माण रहेको सिनेमामा कार्यकारी निर्माताको रुपमा नर बहादुर कार्की रहेका छन् । मालिकाको कथा रेखा थापा र नर कार्कीले मिलेर तयार गरेका हुन् ।