किंग निर्माता जयन भन्छन्, “फिल्म निर्माता होईन् म राम्रो मेकर बन्न चाहन्छु”

किंग निर्माता जयन भन्छन्, “फिल्म निर्माता होईन् म राम्रो मेकर बन्न चाहन्छु”

द सिनेमा टाइम्स
0
Shares

फिल्म किंगका निर्माता जयन श्रेष्ठ जसको पारिवारिक पृष्ठभुमि नै नेपाली सिनेमासंग जोडिएको छ । उनका बाबु जगन श्रेष्ठले कसम र दाग नामक दुई सिनेमा निर्माण गरेका थिए ।

सानो छदा आफ्नो बाबुले बनाउने फिल्ममा उनि समेत नजिक बाट संलग्न हुन्थे । फिल्मको छयांकन देखी हरेक काममा उनि पनि सहभागी हुन्थे र नजिकबाट हरेक कार्यको अवलोकन गर्थे । पछि उनका बुबाले कार्य व्यस्थताका कारण फिल्ममा समय दिन सकेनन् । उनको परिवार संगै लन्डनमै बस्न थाले र उतै पढे पनि।

झन्डै एक दशक उता पढाई पुरा गरि नेपाली फिल्ममा केहि गर्छु भनी उनि नेपाल आए । हुनत उनि उतै बसेर राम्रो पैसा समेत कमाउन सक्थे तर नेपालमा फिल्म बनाउछु नै भनी आफ्ना बाबु र परिवारसंग सल्लाह गरेर शबिर श्रेष्ठको निर्देशनमा फिल्म किंग निर्माण गरे ।

सानै देखी फिल्मी परिवारमा भएका कारण आफु फिल्म निर्माणमा आकर्षित भएको उनि बताउछन । भन्छन,” म फिल्मी किरो हु, मैले हजारौ फिल्म हेरेको छु र अझै पनि मसंग हजारौ फिल्मका सिडी/डिभिडी छन् । सानै देखी फिल्म बुझे र बिश्वको फिल्म हेरे । अनि नेपालको फिल्मको विकास पनि बुझे र अहिले फिल्म बनाए ।”

उनले निर्माण गरेको फिल्म किंग आगामी पुष २८ गतेबाट प्रर्दशनमा आउदैछ । फिल्ममा देशका नाम चलेका कलाकारहरुको अभिनय पनि छ, गीत तथा ट्रेलर रिलिजबाट फिल्मको चर्चा पनि उत्तिकै छ । एक्सन सुपरस्टार निखिल उप्रेती, नाम चलेका अर्का ह्यान्डसम हंक हिरो अनुप बिक्रम शाही, अभिनेत्री बेनिशा हमाल लगायत फिल्मका मुख्य पात्र हुन् । फिल्म लुटेरा पछी निखिलको फिल्म किंग रिलिज हुदैछ छ, यसकारण पनि दर्शकमाझ फिल्म प्रतिक्षित छ ।

यसो त जयन आफु नाम कमाउन मात्र निर्माता भएर नआएको र निर्माता भन्दा पनि राम्रो स्तरीय फिल्म बनाउने मेकर आफुलाई बनाउने सोच रहेको बताउछन । सबै व्यक्ति आफुमा किंग रहेको र सबैले आफु भित्रको किंगपनलाई चिन्न सके जीवनमा केहि गर्न सक्ने पनि उनि बताउछन, उनको फिल्मले पनि यस्तै संदेश दिने उनको भनाई छ ।

”मलाई फिल्म बनाएर चिनिनु छैन, धेरै कमाउनु पनि छैन तर यो मेरो बिजनेश हो नाफा भने हुनुपर्छ । म फलानो निर्माता हु भन्दानी मलाई त राम्रो फिल्म उद्धयोगलाई दिनु छ र पैसा हालेर फिल्म बनाउने निर्माता भन्दा पनि राम्रो मेकर बन्नुछ ।”

प्रस्तुति: बाबु सुरेश डिसी