म यस्तो गीत गाउँछु: पावरप्याक्ड सांगीतिक प्रेमकथा ! (ट्रेलर)

म यस्तो गीत गाउँछु: पावरप्याक्ड सांगीतिक प्रेमकथा ! (ट्रेलर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बर्षकै प्रतिक्षित सिनेमा ‘म यस्तो गीत गाउँछु’को ट्रेलर सार्वजनिक गरिएको छ । सुदर्शन थापा निर्देशित सिनेमाको ट्रेलरमा प्रेम, संगीत, द्वन्द र विछोडका दृश्य प्रस्तुत छन् ।

गीत/संगीतकै कारण चर्चामा रहेको सिनेमाको ट्रेलरले अझ चर्चा पाउँने आकलन गर्न सकिन्छ । ट्रेलरमा समावेश संगीत, पल/पुजाको केमेस्ट्री, लोकेशन र संवादले दर्शक हलसम्म तान्न सक्छ । सांगीतिक प्रेमकथामा आधारित सिनेमाको राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर लन्च गरिएको हो । ट्रेलर हेरेपछी अधिकांशले ‘म यस्तो गीत गाउँछु’ टिमको प्रसंशा गरे ।

सांगीतिक सिनेमा भएकै कारण कार्यक्रममा सिनेमाका गायक प्रमोद खरेल, सुगम पोखरेल र संगीतकार अर्जुन पोखरेल पनि उपस्थित थिए । पल शाह र पुजा शर्मा आकर्षणको केन्द्र रहेको कार्यक्रममा मिडियासंग मिलेर सिनेमाको टिमले आफ्नो अनुभव शेयर गर्यो ।

साथै निर्देशकले बजार चलिरहेको नराम्रो खबरको बारेमा प्रस्ट्याए । ‘मैले कुनै पनि सिनेमासंग प्रतिस्पर्धा गर्न ‘म यस्तो गीत गाउँछु’ बनाएको होईन । मैले आफ्नो सिनेमा कसरि राम्रो बनाउने भन्ने बारेमा मात्र सोचेको छु । मैले मेरो सिनेमा यस्तो उस्तो भनेर बोल्नु भन्दा पनि ‘म यस्तो गीत गाउँछु’ले नै बोल्नेछ । यो सिनेमा कस्तो हो भन्ने कुरा ।’

असार ३० गते रिलिज हुने सिनेमामा पुजा शर्मा, पल शाह, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, नविन मानन्धर, विक्रम सेन, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय छ ।