सुन्नु हुन्छ पल र पुजाको यस्तो गीत ? (भिडियो)

सुन्नु हुन्छ पल र पुजाको यस्तो गीत ? (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । असार ३० मा रिलिज हुने सिनेमा ‘म यस्तो गीत गाउँछु’को शिर्ष गीत रिलिज भएको छ ।

यसअघि जुकबक्समै हिट भैसकेको गीतको भिडियो प्रतिक्षित थियो । भिडियोमा सिनेमाका मुख्य कलाकार पुजा शर्मा र पल शाह प्रस्तुत भएका छन् । अर्जुन पोखरेलको संगीत समावेश गीतमा प्रमोद खरेल र अन्जु पन्तको स्वर छ । दिग्गज धौरालीको शब्दमा बनेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

सुदर्शन थापा निर्देशित सिनेमालाई व्यग्र प्रतिक्षा गरिएको छ । सिनेमामा पल शाह, पुजा शर्मा, सरोज खनाल, रुपा राना लगायतका कलाकारको अभिनय छ ।