थाइल्याण्डमा हाउसफुल ‘म यस्तो गीत गाउँछु’

थाइल्याण्डमा हाउसफुल ‘म यस्तो गीत गाउँछु’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । असार ३० मा प्रदर्शनमा आएको सिनेमा ‘म यस्तो गीत गाउँछु’ले नेपाली बक्सअफिसमा उत्साहजनक व्यापार गर्यो । नेपाल प्रदर्शनबाटै लगानी उठाएर नाफा कमाईसकेको सिनेमा अहिले ओभरसिज प्रदर्शनको दौडमा छ ।

यतिबेला सिनेमाका कलाकार पल शाह र सोभित बस्नेत थाइल्याण्डमा छन् । थाइल्याण्डमा शनिबार साँझको शोमा दर्शकको उल्लेख्य चाप रह्यो । कतीले सिनेमाको टिकेट नपाएर फर्कनु पर्यो । पल शाहले दर्शकको प्रतिक्रियाले आफु एकदमै खुसि भएको बताए ।

जापान, अष्ट्रेलिया, हङकङका विभिन्न शहरमा सिनेमा प्रदर्शन भैसकेको छ । भने, केही देशमा प्रदर्शन हुन बाँकी छ । पल शाह, पूजा शर्मा, सरोज खनाल, राजाराम पौडेल, रुपा राना लगायतका कलाकारले अभिनय गरेको लभस्टोरी सिनेमामा सुदर्शन थापा र पूजा शर्माको लगानी छ । अर्जुन पोखरेलको संगीत र संजय लामाको छायांकनले पनि निकै तारिफ पाएको छ ।

सिनेमा अहिले नेपालमा तेस्रो सातामा प्रदर्शनरत छ । तेस्रो सातामा जति हलमा लागेको छ । ति हलमा दर्शक उपस्थिति राम्रो छ । निर्देशक सुदर्शन थापाले बताए ।