दोस्रो सातामा ‘म यस्तो गीत गाउँछु, कति कमायो पहिलो साता ?

दोस्रो सातामा ‘म यस्तो गीत गाउँछु, कति कमायो पहिलो साता ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । गत साता प्रदर्शनमा आएको सिनेमा ‘म यस्तो गीत गाउँछु’ले सफलता दोस्रो हप्ता तय गरेको छ । लामो समय सुस्ताएको सिनेमा बजारलाई ‘म यस्तो गीत गाउँछु’ राहत दिन सफल भयो ।

पहिलो दुई दिनमा सिनेमाले १.८० करोडको ग्रस कलेक्सन गरेको थियो । आइतबार ९० लाखको बिजनेस गरेको सिनेमाले बाँकी चार दिनमा पनि उत्साहजनक व्यापारलाई निरन्तरता दियो । पछिल्लो चार दिनमा सिनेमाले २.११ करोड ग्रस कलेक्सन गर्न सफल भयो । अब सिनेमाको टोटल ग्रस ४.८१ करोड पुगेको छ ।

राजधानीमा वितरणको जिम्मा लिएका गोपाल कायस्थले बताए अनुसार सिनेमाले एक सातामा ३.०६ करोड ग्रस कलेक्सन गर्न सफल भएको छ । सिनेमाको व्यापार दोस्रो सातामा पनि सोचे भन्दा राम्रो रहेको वितरकले जानकारी दिए । त्यस्तै मोफसल वितरणको जिम्मा लिएका मनोज राठीका अनुसार सिनेमाले पहिलो साता १.७५ करोड ग्रस कलेक्सन गरेको छ । यो सँगै सिनेमाले आफ्नो लगानी उठाएर पहिलो साताबाटै नाफाको व्यापार सुरु गरेको छ ।

दोस्रो सातामा मोफसलका प्राय हलमा ‘म यस्तो गीत गाउँछु’ रिलिज भएको छ । सिनेमाको माग धेरै भएपछी अन्य हल थपिएको वितरक मनोज राठीले जानकारी दिएका छन् । सुदर्शन थापा निर्देशित सिनेमामा पल शाह, पूजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।