‘म यस्तो गीत गाउँछु’को बम्पर ओपनिङ, अधिकांश हल हाउसफुल !

‘म यस्तो गीत गाउँछु’को बम्पर ओपनिङ, अधिकांश हल हाउसफुल !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । आजबाट प्रदर्शनमा आएको सिनेमा ‘म यस्तो गीत गाउँछु’ बक्सअफिसमा खरो उत्रिएको छ । वर्षकै प्रतिक्षित सिनेमा हेर्न शुक्रबार दर्शक हलसम्म ओइरिएका छन् ।

सिनेमाले पहिलो शोमै देशभरका अधिकांश हल भर्न सफल भएको । राजधानीको गोपीकृष्णका दुई वटा हल विहानी र दिवामा हाउसफुल भएका छन् । कृष्णमा लगाइएको सिनेमा दर्शक धेरै भएका कारण ठुलो हल गोपीमा सारिएको छ । गोपीका लागि छुट्याइएको बलिउड सिनेमालाई कृष्णमा सारिएको छ । त्यस्तै अष्टनारायणका ठुला हल ‘क’ र ‘ग’ समेत ‘म यस्तो गीत गाउँछु’का दर्शकले हाउसफुल भएका छन् । राजधानीका मल्टिप्लेक्समा सिनेमाको अकुपेन्सी ८० प्रतिशत भन्दा माथि छ । लाबिम मलमा शतप्रतिशत अकुपेन्सी हुँदा भोलिको लागि सिभिल र लाबिममा सोल्डआउट भैसकेको छ ।

राजधानी वाहिरका पोखरा, चितवन र वुटवलमा समेत हल हाउसफुल भएको रिपोर्ट प्राप्त भएको छ । रिलिज अगाडीको हाइप र प्रिमियरबाट पाएको राम्रो प्रतिक्रियाले भोलिका दिनमा सिनेमाले अझ राम्रो व्यापार गर्ने सम्भावना देखाएको छ । पछिल्लो समय नेपाली सिनेमामा दर्शकको खडेरी परिरहेको बेला ‘म यस्तो गीत गाउँछु’ले सिने क्षेत्रमा खुसि थपेको छ ।

दर्शकको प्रतिक्रिया बुझ्न यतिबेला ‘म यस्तो गीत गाउँछु’ टिम राजधानीका हल हलमा पुगिरहेको छ । सांगीतिक प्रेमकथामा बनेको सिनेमामा पल शाह, पुजा शर्मा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, मोहन निरौला, नविन मानन्धर, विक्रम सेन, अर्जुन गुरुङको अभिनय छ । ‘म यस्तो गीत गाउँछु’लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।