पल र पुजालाई हेर्नकै लागि !

पल र पुजालाई हेर्नकै लागि !

द सिनेमा टाइम्स
0
Shares

आशिष ओली (गणेश), काठमाडौँ । सुदर्शन थापा निर्देशित सिनेमा ‘म यस्तो गीत गाउँछु’ अहिले देशभर उत्साहजनक व्यापारका साथ प्रदर्शन भैरहेको छ । यो सिनेमामा पल शाह र पुजा शर्माको मुख्य भूमिका छ ।

सार्वजनिक प्रदर्शन पुर्व राजधानीमा गरिएको रेड कार्पेट प्रिमियरबाट पल र पुजाको जोडीले उत्कृष्ट प्रतिक्रिया पायो । सिनेमा भित्रको यी दुईको कामलाई सबैले रुचाए । प्रिमियरबाट राम्रो प्रतिक्रिया पाएको सिनेमाले दर्शकबाट कस्तो साथ पाउँने हो सबैको प्रतिक्षाको विषय थियो ।

दर्शकको भिडमा पल शाह

अन्तत: शुक्रबार देखि प्रदर्शनमा आएको सिनेमाले बक्सअफिसमा दर्शकको असारे भेल ल्याएको छ । यसअघि लगातार वर्षा भैरहेको यो मौसममा ‘म यस्तो गीत गाउँछु’ रिलिज भए लगतै हलमा दर्शकको वर्षा भएको छ । मौसमी वर्षा रोकिएको छ । जसले लामो समय देखि नेपाली सिनेमामा परेको दर्शकीय खडेरीलाई शितलता प्रदान गरेको छ ।

सिनेमाले वर्षकै उत्कृष्ट व्यापार गरिरहदा दर्शक कसरि हलसम्म आए भन्ने लाग्ला ? यसको कारण हो पल शाह र पुजा शर्माको दर्शकीय क्रेज, अर्जुन पोखरेलको संगीत र सुदर्शन थापाको प्यार्टन ।

अर्जुन पोखरेलको संगीत सिनेमा प्रदर्शन हुनु भन्दा पहिलेनै हिट भैसकेका थिए । यसले दर्शक हलसम्म तान्न मद्दत गर्यो । त्यस्तै दर्शक हलसम्म आईपुग्नुको अर्को कारण पल र पुजाको क्रेज रह्यो । शनिबार द सिनेमा टाइम्स रिपोर्टर हल रिपोर्ट बुझ्न राजधानीका प्रमुख हलमा पुग्यो | जहाँ सिनेमा हेर्न विहानै देखि मानवसगर उर्लिएको थियो ।

बालाजु बाइपासमा रहेको अष्टनारायण हलमा दिउसो १ बजे तिर दर्शकको लाइन सडक पारिसम्म पुगेको थियो । हल परिसरमा खुट्टा टेक्ने ठाउँ थिएन । के कारण ‘म यस्तो गीत गाउँछु’ हेर्न आउँनु भएको हो ? भन्दा, चर्को घाममा छाता ओढ्दै लाममा लागेका दर्शक पल र पुजालाई पर्दामै हेर्न हलसम्म आईपुगेको बताउँदै थिए । पल र पुजाको फ्यान भएकोले २ घण्टा देखि लाइनमा लागेको बताए । ३ बजेको शोको लागि १२ बजे नै हल पुगेका दर्शक चर्को घाममा लाइनमा बसेको देख्दा जो कोहि सिनेकर्मीको मन प्रफुल्लित हुदैन होला र ?

यस्तै कुरा रिपोर्टरका मनमा खेल्दै थिए । त्यसै बेला हल बाहिर पल र पुजा झुल्किए । पर्दामा हेर्न आएका दर्शकले जब आफ्नै अगाडी यी दुईलाई देखे तब, २ घण्टा देखिको लाइन छोडेर दर्शक पल र पुजा माथि जाइलागे । पल र पुजाले पनि केहि समय लगाएर दर्शकलाई आफ्नो माया बाँडे । तर, दर्शकलाई त्यतिले कहाँ पुग्थ्यो र ढोका छिचोलेर अष्टनारायण हलको अफिस कोठासम्मै सेल्फी लिनलाई आईपुगे । जहाँ पल र पुजाले रेस्ट गरिरहेका थिए ।

आधा घण्टा त अष्टनारायण हल बाहिरको रोडमा दर्शकको भिडले सवारी जाम थेग्नु पर्यो । त्यस्तै रह्यो गोपीकृष्ण हलमा । टिकटघर माथि तेस्रो तलामा  दर्शकले पल र पुजालाई देखेपछी, उनीहरुले टिकट काट्न तर्फ ध्यान दिएनन् । आधा घण्टा माथि तिर हेर्दै हात हल्लाई रहे । पल र पुजालाई तल आउँन आग्रह गर्दै थिए दर्शक ।

वाउ, साचिकै ठुलो सफलता हो यो कलाकारको लागि । रिपोर्टरका मनमा यस्तै कुरा खेल्दै थिए । दर्शकीय मायालाई मध्येनजर गर्दै जब पल र पुजा मैदानमा ओर्लिए । रिपोर्टरलाई नै गाह्रो पर्यो उनिहरु कहाँ छन् भनेर पत्ता लगाउँन । साचिकै दर्शकको मायाले यी दुई कलाकार एक छिनका लागि त्यो भिड भित्र हराएका थिए ।

सिनेमाले शनिबार देशभर हाउसफुलको व्यापार गरिरहेको छ । राजधानीको अष्टनारायण हलमा चार ओटै पर्दा हाउसफुल हुँदा वितरक गोपाल कायस्थ जिब्रो टोक्दै ‘यो त इतिहाँसनै रच्यो सिनेमाले । सम्भवत एकै सिनेमाले अष्टनारायण हल हाउसफुल भएको पहिलो पटक होला ।’ प्रफुल्लित मन बनाउँदै गफिए ।