पल र पुजाको सांगीतिक प्रेमकथा नम्बर १ मा !

पल र पुजाको सांगीतिक प्रेमकथा नम्बर १ मा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । पल शाह पूजा शर्मा मुख्य जोडीको रुपमा रहेको सिनेमा ‘म यस्तो गीत गाउँछु’को ट्रेलर युट्युवमा नम्वर एकमा आएको छ । अपलोड भएको चौविस घण्टा नपुग्दै सुदर्शन थापा निर्देशित यो सिनेमाको ट्रेलर नम्वर एकमा पुग्न सफल भएको हो । शुक्रबार साँझ अपलोड गरिएको सिनेमाको ट्रेलरलाई शनिबार मध्यान्ह्सम्म ३ लाख ९ हजार भन्दा बढिले हेरेका छन् ।

असार ३० गतेदेखि अल नेपाल प्रदर्शनमा आउने सिनेमा ‘म यस्तो गीत गाउँछु’ साँगीतिक लभ स्टोरी फिल्म हो । जहाँ पल र पूजा मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।  यसअघि सार्वजनिक गरिएकोअडियो र भिडियोलाई दर्शक तथा श्रोताले अत्याधिक रुपमा रुचाइरहेका छन् । गीत तथा संगीत हिट भएसँगै शुक्रबार मात्रै रिलिज गरिएको ट्रेलर ट्रेन्डिङ नम्वर एकमा आएपछि फिल्म झनै प्रतिक्षित बनेको छ ।  पल र पूजासँगै अभिनेता सरोज खनाल, अभिनेत्री रुपा राणा लगायतको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत र संजय लामाको सिनेम्याटोग्राफी रहेको छ ।

हेर्नुस ट्रेलर: