सोसियल कमेडी ‘ल्याङल्याङ’ घोषणा

सोसियल कमेडी ‘ल्याङल्याङ’ घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सामाजिक कथा र कमेडी जानरामा सिनेमा ‘ल्याङल्याङ’ बन्ने भएको छ । आइतबार करण श्रेष्ठले निर्देशन गर्ने सिनेमाको अफिसियल घोषणा गरियो ।

अमृत माया श्रेष्ठको प्रस्तुतिमा निर्माण हुने सिनेमाको कथा सोम कुस्कु माझीको हो । पटकथा/संवाद भने प्रदिपकुमार चौधरीले तयार गरेका हुन् ।

काठमाडौँ, सिन्धुली, अस्ट्रेलिया र बहराइनमा छायाँकन हुने सिनेमा भदौ अन्तिम सातादेखि फ्लोरमा जानेछ । एक महिला लिडको नाम नखुलाइएको ‘ल्याङल्याङ’मा नाजिर हुसेन, सुष्मिता बुर्लाकोटी, बुद्दि तामाङ, प्रदिप चौधरी, विजय बराल, भोलाराज सापकोटा, कमलमणि नेपाल, राजन खतिवडा, सरीता गिरी, देवीराम पराजुली, किशोर भण्डारी, शिवहरि पौडेल, दमन रुपाखेती, जीवन भट्टराईले लगायतको अभिनय रहनेछ ।

रिच इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने सिनेमामा टंक बुढाथोकीको संगीत, कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी, शाहील खानको सम्पादन र अर्जुन भट्टराईको शब्द सिर्जना रहनेछ ।