रोमान्टिक लभस्टोरी ‘लवरात्री’ ट्रेलर रिलिज

रोमान्टिक लभस्टोरी ‘लवरात्री’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – सलमान खानले आफ्नो ब्यानरमा निर्माण गर्ने हरेक सिनेमामा नयाँ कलाकारलाई बलिउडमा डेव्यु गर्ने चान्स दिँदै आइरहेका छन् । यस पटक पनि उनले आफ्ना ज्वाँई आयुष शर्मा र वरीना हुसैनलाई बलिउडमा डेव्यु गराएका छन् । उनले निर्माण गरेको सिनेमा ‘लवरात्री’बाट यि दुईलाई उनले बलिउडमा डेव्यु गराएका हुन् । ‘लवरात्री’को आज ट्रेलर सार्वजनिक गरिएको छ ।

सार्वजनिक ट्रेलरमा आयुष र वरीनाको केमेष्ट्रि आर्कषक देखाइएको छ । ट्रेलर र पोस्टरले दर्शक र फ्यानबाट यो जोडीलाई तारिफ मिलिरहेको छ । सिनेमामा गरेको यो जोडीको कामले पहिलो पटक सिनेमामा कम गरेको देखिदैन । उनीहरु प्रोफेसनल कलाकारले जस्तो काम गरेको बलिउड मिडियाले लेखेका छन् ।

रोमान्टिक लभस्टोरी सिनेमाको कथा गुजरातको हो । जहाँ एक जोडी विच प्रेम हुन्छ, र उनीहरुले एक आपसमासँगै बस्ने फैसला र्गछन् । त्यसपछि उनीहरुको विचमा आउने उतार चढावको कथा सिनेमाले उठान गरेको छ । यो सिनेमामा आयुष र वरीनाका अलवा राम कपुर, रोनित राय लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । ‘लवरात्री’का निर्देशक अभिराज मिनवाला हुन् । उनले यसै सिनेमाबाट बलिउडमा निर्देशनमा डेव्यु गदैछन् ।