सलमानको ‘लबरात्री’ बन्यो ‘लबयात्री’

सलमानको ‘लबरात्री’ बन्यो ‘लबयात्री’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – बलिउड सुपरस्टार सलमान खानले निर्माण गरेको सिनेमा ‘लभरात्री’ को नाम बदलेर ‘लभयात्री’ राखिएको छ । सिनेमा निर्माण टिमले विवादबाट बच्नका लागि नाम परिवर्तन गरेका हुन् । सिनेमाको नाम हिन्दूहरुको महान पर्व नवरात्रीसँग मिल्दोजुल्दो राखिएको थियो । यसकारण कि सिनेमाको थीम र कहानी यो नामसँग मिलेको थियो । तर, कयौं व्यक्तिले नाममा आपत्ति जनाएका थिए ।

जब ‘लभरात्री’ को ट्रेलर रिलिज भयो, तब पनि विरोधको स्वर सुनिएको थियो । जनवरीमा आगरामा संगठन ‘हिन्दू ही आगे’ ले सिनेमाको टाइटलमा आपत्ति जनाउँदै विरोध गरेको थियो । भने सिनेमाको पोस्टर पनि जलाएका थिए । एक वकीलले बिहारको कोर्टमा सिनेमाको टाइटललाई लिएर मुद्धा पनि दर्ता गरेका थिए । मुद्धा दर्ता गरेका सुधीर कुमार ओझाले सिनेमाको टाइटल ‘लभरात्री’ ले हिन्दूहरुको भावनामा आहत पुर्याउने बताएका थिए ।

विवादबाट बच्नका लागि सलमानले नाम परिवर्तन गर्नु नै उचित सम्झिए । मंगलवार साँझ सिनेमाको नयाँ नामको नयाँ पोस्टर लञ्च गरे । सलमानले पोस्टर शेयर गर्दै लेखे, ‘यो कुनै स्पेलिङ मिस्टेक होइन ।’ ‘लबयात्री’बाट सलमानका ज्वाइँ आयुष शर्माले बलिउडमा डेब्यु गर्दैछन् । अभिराज मीनावालाले निर्देशन गरेको सिनेमा ५ अक्टूबरमा रिलिज हुँदैछ । नरेन भट्टले कथा लेखेको सिनेमामा आयुष शर्मासँग वरीना हुसेनले रोमान्स गरेकी छिन् ।