लभ स्टेशनमा प्रदीप र जसिताले रोमान्स गर्ने !

लभ स्टेशनमा प्रदीप र जसिताले रोमान्स गर्ने !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – लिली र बिलीको जोडी एकपटक फेरी पर्दामा हेर्न पाइने भएको छ । प्रदीप खड्का र जसिता गुरुङको जोडीलाई ‘लभ स्टेशन’ मार्फत भेट्रान निर्देशक उज्जवल घिमिरेले दर्शकमाझ ल्याउने भएका छन् । आगामी ५ असोजबाट दार्जिलिङबाट छायाँकन सुरु गरिने यो सिनेमाको प्रस्तुतकर्ता वितरक तथा निर्माता गोविन्द शाही हुन् । सिनेमाको मुख्य कलाकार चयनपछि निर्माण पक्षको यसको कलाकार सूची सार्वजनिक गरेको छ । सिनेमा ‘लभ स्टेशन’मा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाह लगायतका कलाकारको मुख्य भुमिका रहने छ ।ठाउँको नामको आधारमा सिनेमाको नाम ‘लभ स्टेशन’ जुराएको निर्देशक उज्जवल घिमिरेले बताए । सिनेमाको कथामा प्रदीप र जसिताको जोडी सही भएकाले आफुले सिनेमामा लिएको उनले बताए । ‘लभ स्टेसन’को कथा निर्देशक घिमिरेले तयार पारेका हुन् । यसलाई उनले आफ्नो ड्रिम्स् प्रोजेक्ट भनेका छन् ।

यस्तै सिनेमाका मुख्य अभिनेता प्रदीपले पनि सिनेमाको स्क्रिप्ट मन पर्नुका साथै भेट्रान निर्देशक उज्ज्वल घिमिरेसँग काम गर्न पाउँदा साह्रै खुसी लागेको बताए । यो पारिवारिक प्रेमकथामा आधारित सिनेमा रहेकाले बिगतको सिनेमा भन्दा केही पृथक बन्ने पनि उनले बताए ।दार्जिलिङबाट छायाँकन सुरु हुने ‘लभ स्टेशन’को कालिङपोङ, सिक्किम, फिक्कल लगायतका स्थानमा छायाँकन गरिने छ । ४५ दिन छायाँकन अबधि तय गरिएको यो चलचित्र आगामी फागुनको अन्तिम साता प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षको छ । आलोक शुक्लाको छायाँकन रहने ‘लभ स्टेशन’मा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ । ‘लभ स्टेशन’लाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविर बिक्रम शाहीले निर्माण गर्न लागेका हुन् ।