प्रिमियरमा लभ साशालाई सुखद प्रतिक्रिया

प्रिमियरमा लभ साशालाई सुखद प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

मंगलबार साँझ फिल्म लभ साशाको रेड कार्पेट प्रिमियर गरिएको छ । राजधानीको क्युएफएक्स कुमारी हलमा आयोजित प्रिमियरमा सिने क्षेत्रका प्राय हस्तीहरुको उपस्थिति थियो ।

प्रिमियरमा सिनेमाकी अभिनेत्री केकी अधिकारी निकै सजिएर रातो गाउनमा आएकी थिईन । फिल्मका अभिनेता कर्मा, आसिफ शाह लगायत अन्य कलाकार पनि प्रिमियरमा उपस्थित थिए  । फिल्म क्षेत्रका अग्रज कलाकारहरु, प्राबिधिकहरु, निर्माता अनि बितारखारु साथै कर्पोरेट क्षेत्राका व्यक्तित्वहरुको पनि प्रिमियरमा बाक्लो उपस्थिति थियो ।

प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्म लभ साशालाई प्रिमियरमा सुखद प्रतिक्रिया मिल्यो । प्रिमियरमा फिल्म हेर्ने जाति सिनेकर्मीले फिल्म राम्रो कलरफुल बनेको  प्रतिक्रिया दिए । फिल्मका निर्माता माधव वाग्ले सबैको सुखद प्रतिकृया बाट दंग देखिन्थे ।

Photos: Love Sasha Facebook Page