प्रेस शोमा ‘लभ लभ लभ’लाई उत्कृष्ट प्रतिक्रिया

प्रेस शोमा ‘लभ लभ लभ’लाई उत्कृष्ट प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बैशाख १ बाट प्रदर्शनमा आउने लागेको ‘लभ लभ लभ’ले बुधबार पत्रकारहरुलाई फिल्म देखाएको छ । सरल कथाबस्तुमा मन छुने फिल्म बनाएकोमा निर्देशक दिपेन्द्र के खनाललाई फिल्म हेरेका सबैले बधाई दिएका छन् ।  राजधानीको क्युज सिनेमा  हलबाट आशु झार्दै निस्किएका अधिकांशले  धेरै पछी राम्रो फिल्म हेर्न पाएकोमा खुसि व्यक्त गरे ।फिल्मका मुख्य कलाकर स्वस्तिमा खड्का र सुरज पाण्डेको अभिनयले पनि तारिफ पायो | शर्मिला पाण्डे निर्मित लभस्टोरी फिल्ममा स्वस्तिमा र सुरज सहित रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राणा, लक्ष्मी भूषाल, ए गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ । निरज कंडेलको सिनेम्याटोग्राफी, सूर्य थोकरको द्धन्द्ध निर्देशन र सुरेश राईको संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ ।