लभ डायरिज छायाँकन: सुशीलको सिक्सप्याक र रुविनाको सुन्दरता !

लभ डायरिज छायाँकन: सुशीलको सिक्सप्याक र रुविनाको सुन्दरता !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘विदेशी मोजमस्तीमा हुर्केको केटो, जसलाई नेपालको बारेमा त्यति थाहा छैन । एकदिन उसको पिताले उसलाई नेपालमा आफ्नो व्यापार हेर्न र सम्हाल्नका लागि पठाउछन् । त्यसपछि उसले गर्ने संघर्षसँगै ‘लभ डायरिज’को कथा सुरु हुन्छ ।’ सिनेमाका मुख्य कलाकार सुशील श्रेष्ठले भने ।

यसअघि ‘कारखाना’, ‘होस्टल रिर्टन्स’ र ‘सायद २’मा अभिनय गरिसकेका सुशील पुषको जाडोमा सौराहामा सिक्सप्याक सो गर्दै सौरभ चौधरीको एक्सनकटमा रमाईरहेका छन् । उनि भन्छन ‘यो सिनेमामा दर्शकले मलाई बिल्कुलै नयाँ अवातारमा देख्न पाउनुहुनेछ । यसको लागि मैले धेरै मेहनत गरिरहेको छु ।’

केहि साता अगाडी मात्र पहिलो पटक भिडियोद्वारा घोषणा गरिएको सिनेमाको ३० प्रतिशत छायाँकन सकिएको निर्देशक चौधरीले जानकारी दिए । ‘युवा युवती बिचको माया प्रेम र कमेडीलाइृ समाबेश गरि निर्माण थालिएको सिनेमा ‘लभ डायरिज’ मनोरन्जनात्मकसँगै सन्देशमुलक बन्नेछ । दुई वर्ष देखि यसको निर्माणमा लागिरहेको छु । ६०-७० प्रतिशत सौराहामा, बाँकी पोखरा र काठमाडौँमा छायाँकन गर्नेछौ ।’ निर्देशकले भने ।

यस सिनेमामा सम्पादक साहिल खान एसोसियट निर्देशकको रुपमा पहिलो पटक काम गर्दैछन् । भने, रुविना थापाले डेब्यु गर्दैछिन । सिनेमामा सुशील र रुविनाका अलावा विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारीको पनि मुख्य भूमिका रहनेछ । सिनेमाको सम्पादन समेत साहिल खान हुन्, जहाँ मिलन श्रेष्ठले पनि सहकार्य गर्नेछन् । सिनेमाको निर्मातामा विनोद सापकोटा, सहनिर्मातामा  सरोज तुलाधर, छायाँकनमा संजय लामा, कोरियोग्राफीमा कविराज गहतराज र चार गीत समावेश संगीतमा अर्जुन पोखरेल रहेका छन् ।

https://youtu.be/DK0SOeRXvTM