सुक्रबार ‘लुट २’ को डेढ करोड बढी कलेक्सन

सुक्रबार ‘लुट २’ को डेढ करोड बढी कलेक्सन

द सिनेमा टाइम्स
0
Shares

‘लुट २’ ले प्रदर्शनको पहिलो दिन शुक्रबार १ करोड ५२ लाखको ग्रस कलेक्सन गर्न सफल भएको छ । निर्माता माधव वाग्लेले दिएको जानकारी अनुसार देशभरबाट फिल्मले पहिलो दिनमै सर्वाधिक कलेक्सन गरेको हो । निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट २’ एक सय बढी हलहरुमा प्रदर्शन भैरहेको छ । ‘लुट २’ अघि फिल्म ‘रेशम फिलिलि’ ले प्रदर्शनको पहिलो दिन शुक्रबार, करिब ८० लाखको व्यापार गरेको थियो । तर रेशम फिलिलिको उक्त ओनिङलाई ‘लुट २’ ले झण्डै दोब्बरले पछि पारेको छ । शनिबार ‘लुट २’ ले एक करोड ७५ लाखसम्मको व्यापार गर्ने आँकलन गरिएको छ । किनभने प्रदर्शनको दोश्रो दिन केही हल र शोज संख्या थप भएका छन् । सौगात मल्ल, दयाहाङ राई, कर्म, विपिन कार्की, ऋचा शर्मा, सृजना सुब्बा, सुशिलराज पाण्डे, प्रतिकराज न्यौपानेको अभिनय रहेको फिल्मलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । फिल्मलाई निर्माता वाग्ले र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

केहि दिन अघिको प्रेसमिट;;;