रिलिज अघिनै रेकर्ड बनाउदै ‘लुट २’, ट्रेन्डिङ्‍ नम्बर एक देखि सर्बाधिक युट्युब भ्यु

रिलिज अघिनै रेकर्ड बनाउदै ‘लुट २’, ट्रेन्डिङ्‍ नम्बर एक देखि सर्बाधिक युट्युब भ्यु

द सिनेमा टाइम्स
0
Shares

बिहिबार फिल्म लुट २ को ट्रेलर रिलिज भयो, रिलिज भएको केहि घण्टामा नै ट्रेलरले लाख बढी भ्यु पायो भने रातीसम्म झन्डै दुई लाख पटक युट्युबमा हेरियो ।

निश्चल बस्नेत निर्देशित फिल्मको ट्रेलर रिलिज भएको २४ घण्टा मा यूट्युबमा धेरै हेरिएको ट्रेलर बनेको छ भने ट्रेडिङमा समेत १ नम्बरमा छ। यो समाचार तयार गर्दासम्म लुट २ को ट्रेलर तीन लाख ३९ हजार हजार पटक हेरिसकिएको छ।

आगामी फागुन १३ गते रिलिज हुने यो फिल्म झन्डै चार बर्ष अघि रिलिज भई निकै सफल एबं चर्चामा आएको क्राईम थ्रिलर सिनेमा लुटको सिक्वेल लुट २ हो,  फस्ट लुक टिजर र ठमेल बजार गीत रिलिज भए संगै निकै चर्चामा रहेको फिल्मको ट्रेलर कस्तो बन्छ भन्ने धेरैको जिज्ञासा अनि प्रतिक्षा थियो।

Watch Trailer Here:

 

फिल्ममा सौगात मल्ल, कर्मा, दयाहाङ राई, विपिन कार्की, रिचा शर्मा, कामेश्वर चौरासिया, प्रतिक राज न्यौपाने, सिर्जना सुब्बा, सुशिल उप्रेती, सिशिल राज पाण्डे तथा एलिसा राईको अभिनय रहेको छ।

युट्युबामा ट्रेलरलाई ९ हजार बढि लाइक अनि १७०० बढी कमेन्ट गरिएको छ, सामाजिक संजालहरुले सयेर गरेका छन् भने भिडियोको प्यारोडीहरु पनि सयौ संख्यामा बनेका छन्। लुट २ले नेपल वक्सअफिसमा अहिले सम्मकै सबैभन्दा बढी ओपनिंग र लाईफ टाइम ेकलेक्सन गर्ने संकेत देखिएको छ ।