‘लुट २’ले पायो पिजी सर्टिफिकेट

‘लुट २’ले पायो पिजी सर्टिफिकेट

द सिनेमा टाइम्स
0
Shares

सौगात मल्ल तथा दयाहाङ राई स्टारर यस वर्षको सर्वाधिक प्रतिक्षित फिल्म ‘लुट २’ सेन्सर पास भएको छ। केहि दृश्य तथा संवादमा कैची चलाउँदै ‘लुट २’लाई  सेन्सरले पिजी सर्टिफिकेट दिएको हो। यो प्रमाणिकरण पाएसँगै फिल्मलाई बालबालिकाले आफ्ना अभिभावकको निगरानीमा हेर्न पाउनेछन्।

फिल्म निर्देशक निश्चल बस्नेतले दृश्य र संवाद काटेर पनि ‘लुट २’लाई एडल्ट (वयस्क)को प्रमाणपत्र दिएमा  अदालत जाने अभिव्यक्ति दिएका थिए।निर्माण पक्षले सेन्सरमा हुनसक्ने सम्भावित किचलोका कारण चाँडै सेन्सरमा लगेको बताइन्छ।

फिल्मको आइतवार सेन्सर भएको हो। फिल्म फागुन १३ मा रिलिज हुँदैछ।  फिल्मलाई  वाग्ले र नरेन्द्र महर्जनले संयूक्तरूपमा निर्माण गरेका हुन् ।

फिल्ममा सौगात तथा दयाहाङका अलावा कर्मा शाक्य, सृजना सुब्बा, ऋचा शर्मा, विपिन कार्की आदिको अभिनय रहेको छ।