बहुप्रतिक्षित फिल्म ‘लुट २’ प्रदर्शनमा, हलमा दर्शकको ठुलो भिड

बहुप्रतिक्षित फिल्म ‘लुट २’ प्रदर्शनमा, हलमा दर्शकको ठुलो भिड

द सिनेमा टाइम्स
0
Shares

फिल्म ‘लुट २’ आज  सुक्रबारबाट   देशभरका  एक सय बढी हलहरुबाट प्रदर्शनमा आएको छ । सर्वाधिक हल संख्या पाएको यो बहुप्रतिक्षित फिल्मले क्यएफएक्स अन्र्तगतका मल्टीप्लेक्स हलहरुमा मात्रै २२ शो पाएको छ । आज को सबै   सो बुक्ड भै सकेको छ । देशै भरका सिनेमा घर हरुमा  बिहानै देखि  दर्सकहरुको ठुलो भिड लागेको छ ।  निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट २’ ले हल र शोज संख्या सार्वधिक पाएको छ  । क्यएफएक्समा   ‘लुट २’ को अग्रिम बुकिङका लागि खोलिएका टिकट शुक्रबार र शनिबार लागि सबै बुक भैसकेका छन् ।

यो नेपाली फिल्म क्षेत्रको इतिहासमा पहिलो खुसीको खबर हो । झण्डै पाँच वर्ष अघि प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘लुट’ को सिक्वेल ‘लुट २’ हो । सिक्वेलमा निर्देशक, निर्माण र कलाकार दोहोरिएका छन् । माधव वाग्ले र नरेन्द्र महर्जनको संयुत्त निर्माण रहेको फिल्ममा सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मा, सृजना सुब्बा, कर्म, सुशिल पाण्डे, प्रतिकराज न्यौपाने, विपिन कार्की लगायतको अभिनय रहेको छ ।

लुट २ युनिटसँग गरेको  रमाईलो कुराकानी