‘लभ लभ लभ’ निर्मात्रीको ५ करोडमा नयाँ फिल्म, दिपेन्द्रले नै निर्देशन गर्ने

प्रदर्शनरत फिल्म ‘लभ लभ लभ’ निर्मात्री सर्मिला पाण्डेले दोश्रो फिल्म निर्माणको घोषणा गरेकी छन् । महंगो लगानी ५ करोडसम्म खर्च गर्ने भनिएको फिल्मलाई दिपेन्द्र के.खनालले नै निर्देशन गर्नेछन् । कलाकार तथा प्राविधिक भने केही दिनमा औपचारिक कार्यक्रम मार्फत सार्वजनिक गरिनेछ ।  निर्देशक खनालले बजेट कथाको माग रहेको बताएका छन् । सुरज सिने आर्टसले निर्माण गर्ने नयाँ फिल्ममा सुरज अर्थात ‘लभ लभ लभ’ का हिरो भने खेल्ने छैनन् । उनी निर्माताको रुपमा मात्रै संलग्न हुनेछन् ।   फिल्म ‘लभ लभ लभ’ मा सुरजको भूमिका र अभिनयलाई दर्शकले मन पराएका छन् । सुरजको अपोजिटमा प्रस्तुत भएकी नायिका स्वस्तिमा खड्काको कामलाई पनि दर्शकले स्यावासी दिएका छन् ।

नोट: हरेक शुक्रवार बेलुका ९ बजे NtvPlus मा कार्यक्रम ‘सिनेमा नेपाल’ हेर्न नभुल्नु होला, हाम्रो यस आधिकारिक website मार्फत पनि Tv Show (सिनेमा नेपाल) हेर्न सकिने छ | साथै एभिन्युज टेलिभिजन मा बिहान ९.३० बाट बेलुकी ९.३० सम्म प्रतेक घण्टा प्रोमो प्रसारण भैरेहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *