पाँच दिनमै कसरि हिट भयो ? भारतको कन्ट्रोभर्सियल सिनेमा !

पाँच दिनमै कसरि हिट भयो ? भारतको कन्ट्रोभर्सियल सिनेमा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड सिनेमा ‘लिप्टिक्स अन्डर माई बुर्खा’ले प्रदर्शन पुर्व समिक्षकबाट राम्रै प्रतिक्रिया पायो । यसै अनुरुप वर्षकै कन्ट्रोभर्सियल सिनेमाको रुपमा व्याखा गरिएको सिनेमाले बक्सअफिसमा सकारात्मक नतिजा निकालेको छ ।

५ करोड प्रोडक्सन खर्च र १ करोडको पब्लिसिटीमा खर्चमा जम्मा ६ करोडमा निर्माण भएको यो सिनेमाले पाँचौ दिनमै नाफाको व्यापार गरेको छ । दर्शकको माउथ पब्लिसिटीले जम्मा ४०० हलमा रिलिज भएको यो सिनेमाको कलेक्सन गिरावट नआएको बलिउड मिडियाहरुले लेखेका छन् ।

यो वर्ष करिब ८ महिनाको बीचमा रिलिज भएका मध्ये आधा दर्जन जति सिनेमाले मात्र नाफाको व्यापार गर्दा ‘लिप्टिक्स अन्डर माई बुर्खा’ले आफुलाई हिट सुचीमा सामेल बनाएको छ । यो सिनेमाले पाँचौ दिनसम्म साढे ८ करोडको व्यापार गरेको छ । माउथ पब्लिसिटीका कारण यो सिनेमाको लाइफटाइम कलेक्सन २० करोड पुग्न सक्ने आँकलन गरिएको छ ।

अलनक्रिष्ट श्रीवास्तवा निर्देशित सिनेमामा कोनकोना शेन शर्मा, रत्ना पाठक, प्लविता बोर्ठाकुर, अहना कुम्राह लगायतका कलाकारको अभिनय छ ।