लिलिबिली गीत: यस्तो छ प्रदीप र प्रियंकाको केमेस्ट्री

लिलिबिली गीत: यस्तो छ प्रदीप र प्रियंकाको केमेस्ट्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – प्रतिक्षित सिनेमा ‘लिलिबिली’को तेस्रो गीत सार्वजनिक गरिएको छ । ‘हावा सरि…’ बोलको गीतमा प्रदीप खड्का र प्रियंका कार्कीलाई पहिलो पटक सँगै देख्न सकिन्छ ।

टर्कीको स्थानबुल लागायतका ठाउँमा छायाँकन गरिएको गीतमा एसडी योगीको संगीत र नेपाल आइडल प्रतिस्प्रधी मेनुका पौडेलसँगै संगीतकारको पनि स्वर छ । गीतमा कोरियोग्राफी कविराज गहतराजले भरेका छन् । भने, सिनेपत्रकार दिपेन्द्र घिमिरेले गीत लेखेका हुन् ।

मिलन चाम्स निर्देशित ‘लिलिबिली’मा प्रियंका र प्रदीपसँगै जसिता गुरुङ, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ ।

फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । सिनेमामा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन छ । सिनेमा चैत ३० गते अलनेपाल प्रदर्शन हुदैछ ।