सेलेब्रेसन: ‘लिलिबिली’को ५१ दिने कलेक्सन सार्वजनिक

सेलेब्रेसन: ‘लिलिबिली’को ५१ दिने कलेक्सन सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – गत वर्षको चैत ३० गते प्रदर्शनमा आएको सिनेमा ‘लिलिबिली’ले प्रदर्शनको गौरवमय ५१ दिन पार गरेको छ । यसै खुसियालीमा प्रदीप खड्काको मुख्य भूमिका रहने ‘लभ स्टेसन’ घोषणा कार्यक्रममा यसको केक पनि काटियो ।

पछिल्लो समय ‘लिलिबिली’ टिमको मनमुटावका कारण ५१ दिने सेलेब्रेसन विशेष थियो । जहाँ निर्माता सुदिप खड्का र निर्देशक मिलन चाम्स, त्यस्तै अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ र निर्माता गोविन्द शाहीले छुट्टाछुटै पार्टी गर्नेसम्मका आँकलन गरिएका थिए । तर, काम व्यस्तताका वावजुत जसिता गुरुङ सेलेब्रेसन कार्यक्रममा उपस्थित नहुँदा अन्य भने सबैलाई आश्चर्यमा पार्दै उपस्थित भए ।

प्रदीप, मिलन, गोविन्द र सुदिप कार्यक्रममा उपस्थित मात्र भएनन् । सेलेब्रेसनको केट काट्दै एक-अर्कालाई खुवाएर बधाई आदानप्रदान गरे । जुन माहोलले प्रेसमिट गर्माएको थियो ।

मिलन चाम्स निर्देशित ‘लिलिबिली’ले उपत्यकाका गोपीकृष्ण, गुण, अष्टनारायण र बाराही हलमा ५१ प्रदर्शनको ५१ दिन पार गरेको हो । सिनेमाले अहिलेसम्म ६ करोड माथि ग्रस कलेक्सन गरेको निर्माता गोविन्द शाहीले जानकारी दिए ।
सिनेमामा प्रदीपका अलावा जसिता गुरुङ, प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी थियो । सिनेमामा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन छ ।

‘लिलिबिली’ले पछिल्लो समय सम्पन्न भएका अवार्ड समारोहमा निर्देशन र सिनेमा विधामा बाजी मार्दै आइरहेको छ । चाम्सले मुख्य भूमिका अनमोललाई अनुबन्धित गरेर सिनेमा ‘ब्याचलर बन्टी’ घोषणा गरिसकेका छन् ।

तस्विर: निरज पन्थी