‘लिलिबिली’को दुई दिने व्यापार सार्वजनिक

‘लिलिबिली’को दुई दिने व्यापार सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘लिलिबिली’ले वर्ष २०७५ को सुरुवात आक्रामक व्यापारका साथ सुरु गरेको छ । प्रदर्शनको दुई दिनमा सिनेमाले २ करोड माथिको व्यापारिक आँकडा पार गरेको निर्माता/वितरक गोविन्द शाहीले जानकारी छन् ।

शुक्रबार सिनेमाले देशभरबाट ८२ लाख ग्रस कमाई गर्यो । यसमा राजधानीबाट ४२ लाख र बाहिरबाट ४० लाख ग्रस छ । त्यस्तै नयाँ वर्षको दिन अर्थात शनिबार सिनेमाको कलेक्सन १ करोड ३६ लाख ८३ हजार ९ सय ५६ रुपैयाँ छ । यसमा राजधानीबाट ७१ लाख ८३ हजार ९ सय ५६ हुँदा बाहिरबाट ६५ लाख ग्रस छ । अब सिनेमाको दुई दिने कमाई २ करोड १८ लाख ८३ हजार ९ सय ५६ पुगेको छ । यो कलेक्सनलाई आक्रमक मान्न सकिन्छ ।

सिनेमाको यो कमाई अभिनेता प्रदीप खड्काको स्टारडमका कारण सम्भव भएको हो । अब बाँकी दिनको कमाई दर्शक प्रतिक्रियामा निर्भर गर्नेछ ।

मिलन चाम्स निर्देशित सिनेमामा प्रदीपका अलावा जसिता गुरुङ, प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

काफिया फिल्म्स्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । सिनेमामा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन छ ।