प्रियंका र प्रदीपको गीतसँगै ‘लिलिबिली’ छायाँकन समाप्त

प्रियंका र प्रदीपको गीतसँगै ‘लिलिबिली’ छायाँकन समाप्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – लन्डन, स्कटल्याण्ड हुँदै टर्कीको स्थानबुलमा पुगेर सिनेमा ‘लिलिबिली’को युरोप छायाँकन सकिएको छ । स्थानबुलमा प्रदीप खड्का र प्रियंका कार्की फिचर्ड गीतको छायाँकनसँगै सिनेमाको इन्डक्ल्याप गरियो । सिनेमाको केहि प्रतिशत छायाँकन भने नेपालमै हुनेछ ।

युरोपियन देशमा सिनेमाको छायाँकन सकिन झन्डै ५० दिन लाग्यो । मिलन चाम्स निर्देशित सिनेमामा प्रियंका कार्की, प्रदीप खड्का, जसिता गुरुङ र अनुपविक्रम शाहीको मुख्य भूमिका छ ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । सिनेमा नेपाली नयाँ वर्षको अवसर पारेर चैत ३० मा अलनेपाल रिलिज हुदैछ ।