कन्फर्म: ‘लिलिबिली’मा प्रियंकाको इन्ट्री, किन बाहिरिइन रेविका ?

कन्फर्म: ‘लिलिबिली’मा प्रियंकाको इन्ट्री, किन बाहिरिइन रेविका ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – मिलन चाम्सले निर्देशन गर्ने आगामी सिनेमा ‘लिलिबिली’को लागि कलाकार हेरफेर भएका छन् । सिनेमाको लागि पहिले प्रदीप खड्का र दुई नवअभिनेत्री रेविका गुरुङ र जसिता गुरुङ फाईनल भएका थिए ।

सिनेमा प्रिप्रोडक्सनको अन्तिम चरणमा आएर भने रेविकाको ठाउँ प्रियंका कार्कीले लिएकी छन् । वितरक तथा ‘लिलिबिली’का निर्माता गोविन्द शाहीका अनुसार रेविका सिनेमाबाट बाहिरिनुको कारण उनको स्वास्थ्य अवस्था र युकेको भिसा रहे ।

युकेका लागि भिसा नलाग्दा यी अभिनेत्रीले मिलन चाम्ससँगको पहिलो सहकार्य छोड्नु पर्यो । साथै, बुझ्नमा आएअनुसार अहिले रेविका जण्डिसबाट थलिएकी छन् । रेविकाले सिनेमा गर्न नसक्ने भएपछी प्रियंका कार्कीलाई सिनेमामा फाईनल गरिएको शाहीले जानकारी दिए ।

युकेको बिभिन्न स्थानमा छायाँकन हुने सिनेमा कार्तिक पहिलो साता नै सुटिङमा जाने सेड्युल थियो । अब, भने सिनेमाको छायाँकन अलि ढिला गरि सुरु हुने भएको छ ।