‘एलजी सिने सर्कल फिल्म अवार्ड’: उत्कृष्ट पाँचको मनोनयन
‘एलजी सिने सर्कल फिल्म अवार्ड’: उत्कृष्ट पाँचको मनोनयन
द सिनेमा टाइम्स
१७ श्रावण २०७४, मंगलबार
0
Shares
द सिनेमा टाइम्स, काठमाडौँ । दोस्रो ‘एलजी सिने सर्कल फिल्म अवार्ड २०७४’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ । २३ विधामा वितरण गरिने अवार्ड समारोह आर्मी अफिसर्स क्लबमा साउन २३ गते हुनेछ ।
अघिल्लो संस्करणमा बलिउड अभिनेता शत्रुघन सिंहालाई प्रमुख अतिथिको रुपमा निम्त्याएको एलजी अवार्डले यसपटक ‘माइतीघर’का अभिनेता सिपी लोहनी र माला सिंहालाई विशेष अतिथिको रुपमा निम्त्याउने छ । साथै वरिष्ठ द्वन्द्व निर्देशक एनबी महर्जनलाई ५१ हजार रुपैयाँ नगद राशी सहित लाइफटाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मान गरिनेछ ।
यस अवार्डमा पर्दा पछाडीका सिनेकर्मीलाई विशेष महत्व दिएर विधा निर्धारण गरिएको छ । यसपटक उत्कृष्ट अभिनेताको विधामा सौगात मल्ल (लुकामारी ), बिपीन कार्की (जात्रा), आर्यन सिग्देल (होमवर्क), दयाहाङ राई (विर विक्रम), माओत्से गुरुङ (पुरानो डुङ्गा) र दयाहाङ राई (सेतो सूर्य)बाट मनोनित भएका छन् ।
त्यस्तै अभिनेत्रीमा प्रियंका कार्की (छक्का पञ्जा), केकी अधिकारी (लभ शासा), वर्षा राउत (जात्रा), श्रृष्टी श्रेष्ठ (गाजलु) र शिल्पा पोखरेल (किस्मत २) बाट मनोनयनमा परेका छन् । उत्कृष्ट निर्देशकको विधामा दिपाश्री निरौला (छक्का पञ्जा), हेमराज विसी (गाजलु), प्रदिप भट्टराई (जात्रा), मिलन चाम्स (विर विक्रम) र रामबावु गुरुङ (पुरानो डुंगा)बाट मनोनित भएका छन् ।
२०७३ प्रदर्शनमा आएका सिनेमामा पनि दर्ता गरिएका सिनेमाबाट निकालिएको उत्कृष्ट पाँच सिनेमाको विधामा छक्का पञ्जा (आमा सरस्वती, गितादेवी मुभिज), गाजलु (रोहीत अधिकारी प्रोडक्सन र विसी मोशन पिक्चर ), जात्रा (षट्कोण आर्टस), विर विक्रम (चाम्स इन्टरटेन्मेन्ट ) र पुरानो डुंगा (सिनेमा आर्ट, माओत्से गुरुङ फिल्मस्) मनोनयनमा परेका छन् ।
पढ्नुस पुरा विधागत मनोनयन:-
1. The Best Poster of the Year
जात्रा (रोयल भिमसेन)
गाजलु (स्वप्नील आचार्य)
छक्का पञ्जा (सुन्दर श्रेष्ठ)
लुट (स्वप्नील आचार्य)
विर विक्रम (शान थापा र विजय वस्याल)
2. The Best Trailer of the Year
के म तिम्रो होईन र (शाहिल खान)
लुट २ (सुरेन्द्र पौडेल)
जंगे (उज्वल ढकाल)
गाजलु (सुरेन्द्र पौडेल)
चपली हाईट २ (दिर्घ खड्का)
3. The Best Stunt of the Year
जय परशुराम (रोहित थापा)
निर्भय (राम सेन्चुरी)
किंग (अमित बिक )
जय परशुराम (राजु तामांग)
किस्मत २ (रेवन्त थापा)
किंग (लक्ष्मण सेन्चुरी)
(नेपाल चलचित्र द्धन्द संघको टप १० सिफारीसको आधारमा छनौट गरिएको )
प्रतिक्रिया