‘एलजी सिने सर्कल अवार्ड’मा किशोर रानालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

‘एलजी सिने सर्कल अवार्ड’मा किशोर रानालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स काठमाडौं – सिनेमा सर्कल नेपालले विगत दुई बर्षदेखि गर्दै आएको एलजी सिने सर्कल अवार्ड यो वर्ष भाद्र ३१ गते हुने भएको छ । आर्मी अफिसर क्लबमा हुँदै आइरहेको यो अवार्ड यस वर्ष भने राष्ट्रिय सभागृहमा कुने भएको छ ।एलजी सिने सर्कल अवार्डले यसवर्ष राँको, करोडपती, सिमारेखा, घामछायाँ, एक नम्बरको पाखे, कर्जा, घुम्टो लगायतका दर्जनौ सफल सिनेमाको निर्देशन गरिसकेका निर्देशक किशोर रानालाई लाइफ टाइम एचिभमेन्ट अवार्डले सम्मान गरिने भएको छ ।

उनलाई नगद ५१ हजार सहित सम्मान गरिने सिनेमा सर्कल नेपालले एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ। राना पछिल्लो समय मृगौलासम्बन्धि रोगबाट पीडित रहेका छन्। कुल २२ विधामा अवार्ड प्रदान गरिने आयोजकले आफ्नो विज्ञप्तिमा जनाएको छ।

‘एलजी सिने सर्कल अवार्ड’ले यस वर्ष निम्न विधाहरूमा अवार्ड गर्ने जनाएको छ।

१. वर्षको उत्कृष्ट चलचित्र

२. वर्षको उत्कृष्ट निर्देशक

३. वर्षको उत्कृष्ट नायक

४. वर्षको उत्कृष्ट नायिका

६. वर्षको उत्कृष्ट संगीतकार

७. वर्षको उत्कृष्ट अनस्कृन जोडी

८. वर्षको उत्कृष्ट कोरियोग्राफर

९. वर्षको उत्कृष्ट एक्सन निर्देशक

१०. वर्षको उत्कृष्ट पाश्र्व गायिका

११. वर्षको उत्कृष्ट पाश्र्व गायक

१२. वर्षको उत्कृष्ट पटकथा

१३. वर्षको उत्कृष्ट पाश्र्व संगीत

१४. वर्षको उत्कृष्ट सम्पादक

१५. वर्षको सर्वाधिक चर्चित अभिनेत्री

१६. वर्षको सर्वाधिक चर्चित अभिनेता

१७. वर्षको उत्कृष्ट कमेन्डेबल मुभि

१८. वर्षको उत्कृष्ट भीएफएक्स

१९. वर्षको उत्कृष्ट स्टन्ट

२०. वर्षको सर्वाधिक चर्चित गीत

२१. वर्षको उत्कृष्ट ट्रेलर

२२. वर्षको उत्कृष्ट पोष्टर