एलजी सिने सर्कल अवार्ड: ‘जात्रा’ प्रमुख ६ विधा र ‘छक्का पन्जा’ ५ विधामा उत्कृष्ट !

एलजी सिने सर्कल अवार्ड: ‘जात्रा’ प्रमुख ६ विधा र ‘छक्का पन्जा’ ५ विधामा उत्कृष्ट !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ । ‘माइतीघर’ जोडी माला सिन्हा र सिपी लोहनीको विशेष आतिथ्यमा ‘एलजी सिने सर्कल अवार्ड’ सम्पन्न भएको छ । राजधानीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न अवार्डमा सिनेमा ‘जात्रा’ले सर्वाधिक ६ विधामा अवार्ड जित्यो ।

निर्देशक, सिनेमा, छायाँकन, पटकथा, अभिनेता र अभिनेत्री जस्ता प्रमुख विधाले ‘जात्रा’ले आफुलाई उत्कृष्ट सावित गर्यो। यी उल्लेखित विधा क्रमस… प्रदीप भट्टराई, षट्कोण आर्टस प्रोडक्सन, दिर्घ गुरुङ, प्रदीप भट्टराई, विपिन कार्की र वर्षा राउतको पोल्टामा परे । तर, ‘जात्रा’बाट निर्देशक मात्र उपस्थित अवार्डमा प्रदीपले स्टेज चढेर सबै अवार्ड उचाले ।

त्यस्तै दीपाश्री निरौला निर्देशित ‘छक्का पन्जा’ ५ विधामा अवार्ड हात पार्यो । कविराज गहतराज (कोरियोग्राफर), प्रियंका कार्की (पपुलर अभिनेत्री), दीपकराज गिरी (पपुलर अभिनेता), दीपाश्री निरौला (सर्वाधिक ग्रसर सिनेमा डिरेक्टर अफ दि ईयर) र सुन्दर श्रेष्ठले (पोस्टर अफ द ईयर)बाट अवार्ड हात पारे ।

अवार्ड समारोहमा नेपाली सिने क्षेत्र ५१ बर्षमा पुगेको अवसरमा फिल्म ‘माइतीघर’ टिमलाई विशेष सम्मान गरियो भने, सोही सिनेमाका अभिनेता सीपी लोहनी र अभिनेत्री माला सिन्हालाई विशेष सम्मान गरियो । यस्तै द्धन्द्ध निर्देशक एनबी महर्जनलाई नगद ५१ हजार सहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरियो ।

अवार्ड विजेताहरु पूर्ण सुची:-

१. उत्कृष्ट फिल्म : जात्रा
२. उत्कृष्ट निर्देशक : प्रदिप भट्टराई (जात्रा)
३. उत्कृष्ट नायक : विपिन कार्की (जात्रा)
४. उत्कृष्ट नायिकाः बर्षा राउत (जात्रा)
५.उत्कृष्ट छायाँकार : दिर्घ गुरुगं (जात्रा)
६. उत्कृष्ट संगीतकार : कालिप्रसाद बाँस्कोटा (निर जहिले रिसाउने, पुरानो डुंगा)
७. उत्कृष्ट जोडी : माओत्से गुरुङ र मेनुका प्रधान (पुरानो डुंगा)
८.उत्कृष्ट कोरियोग्राफर : कविराज गहतराज (छक्का पन्जा)
९. उत्कृष्ट एक्सन संयोजक : हिमाल केसी (के म तिम्रो होइन र)
१०. उत्कृष्ट पाश्र्व गायिका : मिना निरौला (ठमेल बजार, लुट २)
११. उत्कृष्ट पाश्र्व गायक : युवराज चौलागाईं (पलाँस)
१२. उत्कृष्ट पटकथाः प्रदिप भट्टराई (जात्रा)
१३. उत्कृष्ट पाश्र्व संगीत : शैलेस श्रेष्ठ (गाजलु)
१४. उत्कृष्ट सम्पादक : अर्जुन जीसी (विर विक्रम)
१५. उत्कृष्ट पपुलर अभिनेत्री : प्रियंका कार्की (छक्का पन्जा)
१६. उत्कृष्ट पपुलर अभिनेताः दीपकराज गिरी (छक्का पन्जा)
१७. उत्कृष्ट कमेन्डेबल मुभि अफ द इयर : विजुली मेसिन (नविन अवाल)
१८. सर्वाधिक ग्रसर फिल्म डिरेक्टर अफ द इयर : दीपाश्री निरौला (छक्का पन्जा)
१९. उत्कृष्ट भीएफएक्स अफ द इयर : सत्यम राना र सुदिप आचाय (जय पर्शुराम)
२०. उत्कृष्ट पपुलर सङ अफ द इयर : कालिप्रसाद बाँस्कोटा, ठमेल बजार (लुट २)
२१. उत्कृष्ट स्टन्ट अफ द इयर : राजु तामाङ (जय पर्शुराम)
२२. उत्कष्ट ट्रेलर अफ द इयर : सुरेन्द्र पौडेल (लुट २)
२३. उत्कृष्ट पोष्टर अफ द इयर : सुन्दर श्रेष्ठ (छक्का पन्जा)

तस्विर: उद्दव रसाईली