२४ घण्टा नपुग्दै ‘लप्पन छप्पन’ ट्रेलरको एकलाख प्लस भ्यू, कसरी भयो भाईरल जान्नुहोस्

२४ घण्टा नपुग्दै ‘लप्पन छप्पन’ ट्रेलरको एकलाख प्लस भ्यू, कसरी भयो भाईरल जान्नुहोस्

द सिनेमा टाइम्स
0
Shares

शनिबार बेलुका फिल्म ‘लप्पन छप्पन’ को ट्रेलर रिलिज  भयो, रिलिजको २४ घण्टा पनि नपुग्दै यो फिल्मको ट्रेलरलाई एक लाख बढी हेरीसकिएको छ ।

चैत ११ गते रिलिज हुने फिल्म ‘लप्पन छप्पन’को ट्रेलर यो समाचार  तयार गर्दासम्म एक लाख आठ हजार पाच सय बढी पटक भ्यु भईसकेको  छ । यतिबेला लप्पन छप्पनको ट्रेलर भाईरल भैरहेको छ, यसै गरि केहिदिन अघि रिलिज फिल्म लुट २ ट्रेलर पनि यसै गरी भाईरल भई २४ घण्टामा सर्बाधिक हेरिएको थियो।

Watch Trailer Here:

मुकुन्द भट्ट निर्देशित फिल्ममा सौगात मल्ल, दयाहाङ राई,अर्पण थापा, वर्षा सिवाकोटी, देवु श्रेष्ठ, प्रकाशजंग शाह, शिद खरेललगायतले अभिनय रहेको छ। ट्रेलर हेर्दा फिल्म निकै दमदार बनेको संकेत देखिएको छ । करोड माथिको बिग बजेटम बनेको फिल्मको बेल्जियम र नेपालमा छयांकन गरिएको छ ।

ट्रेलरमा दृश्यहरु हेर्दा फिल्म रिच बनेको देखिन्छ भने कलाकारको अभिनय र डाईलग पनि गज्जबका छन् । सौगात अनि दयाका दमदार अभिनय, उनीहरुको फरक लुक्स अनि गज्जबका डाईलग अनि फिल्मको बिदेशी फिल्म सरहको प्रस्तुतिले हुनसक्छ यो ट्रेलर भाईरल भएको ।

ट्रेलर भाईरल हुनु र बिदेशी फिल्म सरहको मेकिंग  फिल्ममा देखिनुले यो फिल्मले बक्स अफिसमा राम्रो बिजनेश गर्ने संकेत समेत देकिएको छ ।