२४ घण्टा नबित्दै ‘लप्पन छप्पन’ को ‘पोको पारेर’ लाई २ लाख बढी भ्युअर्स

२४ घण्टा नबित्दै ‘लप्पन छप्पन’ को ‘पोको पारेर’ लाई २ लाख बढी भ्युअर्स

द सिनेमा टाइम्स
0
Shares

फिल्म ‘लप्पन छप्पन’ को सार्वजनिक नयाँ गीतले युट्युवमा रिलिज भएको चौविस घण्टा नपुग्दै दुई लाख बढी भ्युअर्स पाएको छ । निर्देशक निश्चल बस्नेतले गाएको ‘पोको पारेर’ बोलको गीत युट्युव ट्रेनिडङमा १८ नम्वरमा छ ।मल्टीस्टारर ग्याङस्टार फिल्म ‘लप्पन छप्पन’ मा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी, देवु श्रेष्ठ र नव नायकद्वाय प्रकाशजंग शाह र सिड खरेलको अभिनय रहेको छ । फिल्मलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् भने निर्माता डम्वर चन्द रहेका छन् । गीतको शब्द र संगीत दीपक आरजेले दिएका हुन् । युरोपमा सबै छायांकन गरिएको चलचित्र आगामी चैत्र ११ गतेबाट रिलिज हुनेछ ।