‘लप्पन छप्पन’को गीत सार्वजनिक [भिडियो]

‘लप्पन छप्पन’को गीत सार्वजनिक [भिडियो]

द सिनेमा टाइम्स
0
Shares

गोल्डेन हिल पिक्चर्स र बासुलिङ फिल्मस्को व्यानरमा निर्माण गरिएको चलचित्र ‘लप्पन छप्पन’को   ‘माया बढ्यो झन झन’बोलको गीत सार्वजनिक भएको छ । दीपकराजको शब्द, संगीत र स्वर रहेको गीतमा वर्षा शिवाकोटी  प्रकाश जंग शाह र सिद खरेल  फिचरिंग छन ।प्रकाशजंग शाह र प्रवेश पौडेलको कथा पटकथा रहेको फिल्ममा मुकुन्द भट्टको निर्देशन डम्बर चन्दको लगानी रहेको छ  । चलचित्रमा राजेन्द्र राजबाहक र मुकुन्द भट्टको कोरियोग्राफी, सुरेन्द्र पौडेलको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन छ । आगामी चैत्र ११ गते अल नेपाल रिलिज हुने चलचित्रमा  दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा, को  लिड रोल रहेको छ । चलचित्रलाई नेपालसँगै   युरोपका  बिभिन्न शहर हरुमा  खिचिएको छ ।