दया र सौगातको ‘लप्पन छप्पन’ हेर्न सिनेमा घरमा दर्शकको भिड

दया र सौगातको ‘लप्पन छप्पन’ हेर्न सिनेमा घरमा दर्शकको भिड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ | शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘लप्पन छप्पन’ले उत्साहजनक व्यापार गर्न सफल भएको छ । शुक्रबार ५० प्रतिशत अकुपेन्सी महसुस गरेको फिल्मले शनिबार उत्कृष्ट व्यापार गर्न सक्यो । फिल्मले शनिबार देशभर ८५ प्रतिशतको अकुपेन्सी महसुस गरेको वितरक गोविन्द शाहीले बताए ।

‘लप्पन छप्पन’ले शनिबार राजधानीका सबै जसो हलमा हाउसफुलको व्यापार गर्न सफल भयो । मोफसलमा फिल्मले करिब ८० प्रतिशतको अकुपेन्सी गरेको गोविन्द शाहीले बताए । फिल्म काठमाडौँका १९ हल र मोफसलमा ४५ हलमा प्रदर्शन भएको थियो । दयाहाङ राई र सौगात मल्ल स्टारर फिल्मले राजधानीका मल्टीप्लेक्स र सिंगल हलमा पनि कब्जा जमाउन सक्यो । फिल्मलाई क्युएफएक्स सिनेमाले १७ शोज दिएको थियो । भने, अन्य मल्टीप्लेक्सले पनि राम्रो शोज उपलब्ध गराएका छन् ।

फिल्मका दयाहाङ राई लगाएतका मुख्य कलाकारहरु दर्शक प्रतिक्रिया बुझ्न हल परिसरमा पुगेका थिए। दर्शकले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएपछी निर्माण युनिट पनि हर्षित भएको छ । धेरै जसो छायांकन युरोपमा भएको ‘लप्पन छप्पन’ले ट्रेलर रिलिज भएसंगै एककिसिमको हाइप बनाएको थियो । जुन अनुसार दर्शक हलसम्म ओइरिएका छन् ।

https://youtu.be/qqoSObhmcoI

फिल्मको कलेक्सन रिपोर्ट भने अहिलेसम्म प्राप्त भैसकेको छैन । फिल्मको कलेक्सन पहिलो विकेन्डको समाप्तिमा मात्र सार्वजनिक गर्ने वितरक गोविन्द शाहीले बताए   मुकुन्द भट्ट निर्देशित फिल्ममा अभिनेता दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा,  बर्षा सिवाकोटी, प्रकाशजंश शाह र सिड खरेल लगाएतका कलाकारको अभिनय रहेको छ । फिल्मलाई डम्बर चन्द र विष्णुप्रासाद खरेलले मिलेर बनाएका हुन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन र चन्द्र पन्तको द्वन्द रहेको छ ।