निश्चलको स्वरमा’लप्पन छप्पन’को गीत सार्वजनिक

निश्चलको स्वरमा’लप्पन छप्पन’को गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

अपेक्षित चलचित्र लप्पन छप्पनको कि जंगे रेलैमा कि जंगे जेलैमा बोलको गीत सार्वजनिक भएको छ । लैजा माया पोको  पारेर भन्दै गीतमा निश्चल बस्नेतलाई देख्न सकिन्छ । निश्चलको अलवा गीतमा सौगात मल्ल, दयाहाङ्ग राई लगायत अन्य कलाकारहरुलाई पनि फिचरिङ्ग गरिएको छ । निश्चल बस्नेतकै स्वर रहेको उक्त गीतको भिडियो को बिच बिचमा चलचित्रको केही सस्पेन एक्शन सिनहरुलाई पनि समावेश गरिएको छ । चलचित्रमा बर्षा शिवाकोटी, अर्पण थापा, प्रकाश जंग शाह र शिड खरेललगायतको मूख्य भुुमिका रहेको छ । सार्वजनिक गीतलाई दर्शकहरुले निकै रुचाउने निर्माण पक्षको दावी छ । युरोपमा सबै छायांकन गरिएको चलचित्र आगामी चैत्र ११ गतेबाट रिलिज हुनेछ । गीतमा दीपक आरजेको शब्द तथा संगीत छ । डम्बर चन्दको निर्माणमा तयार भएको यो चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् ।